बुधबार थप ११ सय ५७ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा थप ११ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ११ सय १३ संक्रमित निको भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको छ ।

प्रकाशित मिति : आश्विन १३, २०७८ बुधबार  ४ : ४७ बजे