मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज वाग्मती प्रदेश मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै :शाक्य प्रष्ट अल्पमतमा



आज दिउँसो १ बजे बस्ने वाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएको छिन् ।यसअघि कात्तिक ४ गते बसेको प्रदेसभा बैठकमा मुख्यमन्त्री शाक्यले प्रस्तुत् गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव उपर छलफल भएको थियो ।

छलफलमा मुख्यमन्त्री शाक्यले सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई विश्वासको मत दिन आग्रही गरेकी थिइन् ।

विपक्षी गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति बनिसकेको छ ।

यसअघि गत कार्तिक ४ गते बसेको बैठकमा मतदान गर्ने कार्यक्रम थाँती राखेर अन्य प्रक्रियाहरु पूरा गरिएका थिए । उनीसँगै उनको दल नेकपा एमालेले आग्रह गरे बमोजिम बैठक पछाडि सारिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : ३१ बजे