मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका, भारत र बेलायतमा सरकारले गर्‍यो रराजदूत सिफारिस



सरकारले भारत, अमेरिका र बेलायत तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अमेरिकाको राजदूत नियुक्त भएका श्रीधर खत्री राजनीतिशास्त्रका प्राध्यापक साथै परराष्ट्र मामिलाविज्ञ हुन् ।तेस्तै बेलायतका लागी राजदुत नियुक्त भएका ज्ञानचन्द्र आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका  सेवा निवृत परराष्ट्र मामिलाविज्ञ हुन्  । तेस्तै भारतका लागी राजदुत नियुक्त भएका डा. शंकर शर्मा अमेरिकाका पूर्व राजदुत हुन ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ३४ बजे