मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजीनामा दिँदै महेन्द्रबहादुर शाही,कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् ।

गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति गरेका थिए । कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ ।

शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : ३५ बजे