मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने



बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार विश्वासको मत लिने भएका छन् । उनी यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्ने र सोही बैठकमा नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।“भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उनले भने । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।यसअघि नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । तर एमाले फुटेपछि उनले विश्वासको मत लिन सकिनन् र अल्पमतमा परेपछि विश्वासको मत लिने दिन राजीनामा दिइन् ।

अहिले अहिले गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका पाण्डे मुख्यमन्त्री बनेका छन् ।सहमति अनुसार बाँकी रहेको कार्यकालको आधा समय पाण्डेले र त्यसपछिको आधा समय नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुनेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : २८ बजे