मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय दूतावासले पशुपतिदेखि काशीसम्म मोटरसाइकल र्‍याली गर्ने



नेपाल र भारतबीच साँस्कृतिक सम्बन्ध स्थापित गर्नका लागि नेपालस्थित भारतीय दूतावासले पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्म मोटरसाइकल र्याली गर्ने भएको छ । दूतावासका अनुसार कात्तिक २५ गते बिहान पशुपतिबाट मोटरसाइकल र्याली निस्कनेछ ।

भारत उत्तर प्रदेशको बनारसमा रहेको काशी विश्वनाथसम्म सो मोटरसाइकल र्याली पुग्नेछ । मोटरसाइकल र्‍यालीमा नेपाल र भारतका गरी करिब ५० जना युवा रहनेछन् । यसमा अधिकांश नेपाली युवा नै रहनेछन् । भारतका भने केही युवाहरु मात्र सहभागी हुने दूतावासले जनाएको छ । कात्तिक २५ गते हिँडेको मोटरसाइकल र्याली २७ गते बनारस पुग्ने बताइएको छ ।

नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको साँस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको भारतीय दूतावासले जनाएको छ । यो कार्यक्रमले दुई देशको सम्बन्ध अझ बलियो हुने विश्वास दूतावासले लिएको छ । र्‍यालीको उद्घाटन कसले गर्ने भन्ने विषयमा भने छलफलहरु चलिरहेको दूतावासले जनाएको छ

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : ५७ बजे