मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशसभाबाट पाए विश्वासको मत



वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार (आज) विश्वासको मत पाएका छन् ।

पाण्डेवको पक्षमा ५९ मत परेको छ भने विपक्षमा ४३ मत परेको छ ।सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको मत पाएको बताए ।

वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

 

प्रकाशित मिति : कार्तिक २२, २०७८ सोमबार  ५ : ५० बजे