मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिद्वारा सूर्यलाई अघ्र्य दिएर कमलपोखरीमा छठ पूजा



राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकी छन ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएर राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।

छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : १७ बजे