मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पौडेल र सिंहबीच मनमुटावः सिंहले गरे पौडेलले डाकेको बैठक नै बहिस्कार



२६ कार्तिक, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहान्त्री प्रकाशमान सिंहबीच मनमुटावको अवस्था देखिएको छ । पौडेलले आज दिउँसोका लागी आफुपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । तर पौडेलले बोलाएको उक्त बैठकलाई प्रकाशमान सिंहले बहिस्कार नै गरेको बताईएको छ ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो समूहको साझा धारणा तय गर्न पौडेलले केन्द्रीय सदस्यहरुको बैठक बोलाएपनि पौडेल समूहका प्रभावशाली नेता मानिने प्रकाशमान सिंह भने बैठकमा सहभागी नहुने श्रोतले जानकारी दिएको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि पौडेल समूहबाट चार जना नेतृत्वका आकांक्षी छन् ।

वरिष्ठ नेता पौडेल सहित महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइराला सभापति पदका आकांक्षी हुन् । श्रोतका अनुसार नेतासिंह काठमाडौं मै रहेपनि रहेको र मोबाईलन नै अफ गरेर बसेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : २२ बजे