मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत र डोल्पामा पनि आज कांग्रेसको वडा अधिवेशन



२७ कार्तिक, कर्णाीली । कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांगे्रसको १४ औँ महाधिवशेनअन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ । क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि यसअघि निर्धारित मितिमा हुन नसकेको यी जिल्लाको अधिवेशन आज हुन लागेको हो ।

अधिवेशनबाट वडाको नेतृत्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । सुर्खेतका ९९ वडा र डोल्पाका ६५ वडामा बिहान ८ बजेदेखि अधिवेशन सुरु हुँदैछ ।

नेपाली कांगे्रस सुर्खेतका सभापति कमलराज रेग्मीले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व र अधिवेशन प्रतिनिधि चयन गर्ने गरी सबै तयारी पूरा भएको जानकारी दिनुभयो । डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो । जसले गर्दा यसअघि निर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : १४ बजे