टी २० विश्वकपको फाइनलमा चौथो फाइनल खेल्दै न्युजिल्यान्ड



 २८ कात्तिक काठमाडौं। टी–२० विश्वकपको फाइनलमा न्युजिल्यान्डले अस्ट्रेलियाको सामना गर्दैछ । टी २० विश्वकपको फाइनलमा न्युजिल्यान्डले पहिलोपटक स्थान बनाएको हो ।

सन् २०१५ मा न्युजिल्यान्डले एक दिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको थियो । तर, प्रदर्शन स्थिर रहेन । फाइनलमा न्युजिल्यान्डलाई अस्ट्रेलियाले हराएको थियो ।

२०१५ मा क्रिकेटका तीनवटै फम्र्याटमा गरेर भारतले कुल ८२ खेलाडीको प्रयोग गरेको थियो । यता, पाकिस्तानले ८७ खेलाडीको प्रयोग गरेको थियो । न्युजिल्यान्डले त्यस वर्ष केवल ५८ खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उतार्यो । आफ्ना खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा पनि न्युजिल्यान्डले निरन्तर उनीहरुलाई मौका दिइरह्यो । यहीकारण, अहिले टोलीका धेरै खेलाडीहरूले आफ्नो कमजोरी र सुदृढ पक्ष बुझिसकेका छन् ।

प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार  ४ : २५ बजे