मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोनाल्ड लुबी प्रधानमन्त्री देउवासँग: एमसीसी पासबारे जिज्ञासा



 

२ मङ्सिर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच बालुवाटारमा भेटवार्ता भएको छ।

भेटवार्तामा एमसीसीबारे गहन छलफल भएको बताइएको छ। नेपालको तीन दिने भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवासँग एमसीसी पास हुन किन विलम्ब भइरहेको बारे जिज्ञासा राखेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।

डोनाल्ड लुले प्रधानमन्त्रीज्युसँग एमसीसी पासमा किन ढिलाइ भइरहेको बारे जिज्ञासा राख्नुभएको थियो। प्रधानमन्त्रीज्युले सबैको सहमतिअनुसार एमसीसी पास गरिने जानकारी गराउनुभएको थियो, प्रधामन्त्रीको सचिवालय स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध दीर्घकालीन बनाउन बृहत् छलफल भएको जानकारी दिएका छन्। उनले ट्वीट गर्दै नेपाल(अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा विचार आदानप्रदान गरेको बताएका छन्।

बुधबार काठमाडौं आइपुगेका लुले केही परियोजनाहरुको अवलोकन गर्नुको साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी राजदूतावासले जनाएको छ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : २८ बजे