कांग्रेस महाधिवेशन: संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद हुँदा निर्वाचन नै स्थगित



७ मंसिर बुटवल। क्षेत्र नम्बर ३ मा विवादका कारण निर्वाचन नै स्थगित गरिएको निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए । संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद हुँदा मतगणना नै स्थगित गरिएको हो ।

रुपन्देही क्षेत्र नम्बर ४ मा भने नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । क्षेत्रीय सभापतिमा मुकेश यादव पुनः दोहोरिएका छन् ।

दुई प्यानल प्रतिस्पर्धमा उत्रिएकामा सोमबार राति भएको सहमति अनुसार यादव क्षेत्रीय सभापति बनेका हुन् । यसअघि क्षेत्र नम्बर ५ मा पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ र २ मा भने मतदान भएको छ । क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव तथा क्षेत्र नम्बर २ मा हरि लम्साल र काजीमान श्रेष्ठबीच प्रतिस्पर्धा छ ।

प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार  १० : ०७ बजे