मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ कांग्रेसको क्षेत्रीय समितिमा कतै पुरानै, कतै नयाँ अनुहार



नेपाली काग्रेस दाङको क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । ६ मंसिरदेखि सुरु भएको नयाँ नेतृत्व छनोट प्रक्रिया बुधबार टुंगिएको छ । काग्रेसको १४औ महाधिवेशनअन्तर्गत कांग्रेसले संरचानागत रूपमा वडादेखि केन्द्रसम्म नयाँ नेतृत्वका लागि प्रक्रियामा छ ।

त्यहीअन्तर्गत निर्वाचनमार्फत दाङका तीन संघीय निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चुनिएको छ । दुई समूह बनाएर निर्वाचनमा होमिएका कांग्रेसको क्षेत्रीय नेतृत्वका केही पुरानै अनुहार नेतृत्वमा दोहोरिएका छन् । केही नयाँ अनुहार नेतृत्वमा आएका छन् । जिल्लामा संस्थापन र संस्थापन इतरको समूहबाट चुनावी प्रतिस्पर्धा गरेको कांग्रेसको क्षेत्रीय नेतृत्वमा संस्थापन पक्ष हावी भएको छ ।

निर्वाचन क्षेत्र नं १ मा भेषराज पाण्डेय सभापतिमा दोहोरिएका छन् । निर्वाचन क्षेत्र न।३ मा सभापति निर्वाचित जगतबहादुर खड्का तेस्रोपटक नेतृत्वमा आएका छन् । उनी ११औं महाधिवेशनबाट क्षेत्रीय नेतृत्वमा आइरहेका छन् । त्यस्तै क्षेत्र नं २ मा सभापति निर्वाचित भीमप्रकाश खड्का पहिलोपटक क्षेत्रीय नेतृत्वमा चुनिएका छन् ।

प्रदेश सभा क्षेत्रको नेतृत्वमा पनि धेरै नयाँ अनुसार र केही पुराना अनुहार नेतृत्वमा दोहोरिएका छन् । संघीय सभापतिमा दाङ क्षेत्र नं। १ बाट संस्थापन पक्षका भेषराज पाण्डेय विजयी भएका छन् । उनले सर्वजित डिसीलाई एक सय ६५ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। पाण्डेले चार सय २२ मत प्राप्त गरी विजयी भएका हुन् । डिसीले दुई सय ५७ मत प्राप्त गरेका छन् । निर्वाचनमा पाण्डेयको प्यानल नै विजयी भएको हो । खेमलाल चौधरीले चार सय २१ मत ल्याएर सचिवमा विजयी भएका छन् । हेमलाल शर्मा चार सय मतले विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र नं २ मा संघीय सभापतिमा भीमप्रकाश खड्का विजयी भएका छन् । क्षेत्रका लागि उनी नयाँ अनुहार हुन् । संस्थापन पक्षधर खड्का चित्रबहादुर डाँगीलाई एक सय मतले पराजित गरी सभापतिमा निर्वाचित भएका हुन् । खड्का सामुदायिक वन क्षेत्रका केन्द्रीय नेता पनि हुन् । सचिवमा हिमबहादुर डाँगी र आरके शीतल समान तीन सय २१ मत ल्याएर निर्वाचित भएका छन् ।

क्षेत्र नं ३ को सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेस्रो जित हो । खड्काले चार सय ३८ र सुरेन्द्र खड्काले तीन सय ११ मत प्राप्त गरे ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : ४० बजे