२०७८ मंसिर १५ बुधबार

कुवेतले नेपाललाई दियो २८ रनको सामान्य लक्ष्य

कुवेतले नेपाललाई दियो २८ रनको सामान्य लक्ष्य


  • 12
    SHARES
    • न्यू सञ्चार
    • बिहिबार, मंसिर ९ २०७८
    • काठमाडौँ

     

    संगीता राई र कप्तान रुविना क्षेत्रीले धारिलो बलिङ गरेपछि आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

    कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट लिए । यस्तै करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक(एक विकेट लिए । ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपाललाई कुवेतविरुद्धको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल कुवेतलाई पराजित गर्दै ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा पुग्ने दाउमा छ।

    बिहिबार, मंसिर ९ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

      © 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology