सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दिउँसो १ बजे सशस्त्र प्रहरीको एपीएफ क्लब र च्यासल युथ क्लब खेल्दैछन् । यस्तै बेलुका पौने पाँच बजे मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीच खेल हुनेछ ।
च्यासल पहिलो खेलमा थ्रीु स्टारसँग पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइजसँग हारेको थियो । यस्तै मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । हिमालयन शेर्पाले सङ्कटासँग बराबरी खेल्दै अङ्क बाँडेको थियो ।










