मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नियन्त्रणउन्मुख रहेको हैजाले,कपिलवस्तुका थप तीन पालिका प्रभावित, थप एकको मृत्यु



कपिलवस्तुमा नियन्त्रणउन्मुख रहेको हैजा तीन पालिकामा पुनः देखिएको छ । १८ असोजमा कृष्णनगर नगरपालिकामा देखिएको हैजा जिल्लाको पाँच पालिकामा फैलिएको थियो । मंसिरयता कपिलवस्तु नगरपालिका, बुद्धमूमि नगरपालिका, मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । हैजा प्रभावित शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिकामा भ्याक्सिन खुवाउने कार्यक्रम सञ्चालन हुँदै गर्दा तीन पालिकामा हैजाको जीवाणु पुनः सक्रिय भएका छन् ।

बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका(६ महुवाका १३ वर्षीय बालिका सिर्जना यादव खुस्वु रहेकी छिन् । एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । जिल्लामा फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका बिरामीमा हैजाको देखिएको छ । एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको हो । बुद्धभूमिका वडा( ५, ६, ७, ८ र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ०९ बजे