मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे यी युवक



एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्यान्डिङ गियरमा फेला परेका थिए । अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ काे विमानकाे ल्यान्डिङ गियरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए ।

२६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गियरमा नै बसेका थिए । त्यति लामो यात्रामा उनी जीवितै फेला पर्नु दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन् ।

निकै त्रसित मुद्रामा देखिएका उनलाई विमानस्थलबाट सीधै अस्पताल लगिएको थियो । उनी लुकेर अमेरिका प्रवेश गरेको विषयमा सीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अमेरिकाको संघीय उड्यन प्रशासनअनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पाङग्रा वा ल्यान्डिङ गियरमा बसेर अमेरिका जाने क्रममा अहिलेसम्म १०० जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ५८ बजे