मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपाईँकाे आजकाे राशिफल



 

आजको पात्रो : १४ मंसिर मंगलबार, तद्नुसार ३० नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष एकादशी, आजको एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ । भनिन्छ, एकादशीको व्रत गर्दा चामलबाट बनेको परिकार खान निषेध गरिएको छ । आज हस्त नक्षत्र, आयुष्मान योग र चन्द्रमा कन्या राशिमा छ ।

सूर्योदय ६ बजेर ३७ मिनेटमा भएकाे छ भने सूर्यास्त साँझ ५ बजेर ६ मिनेटमा हुनेछ । देवता चन्द्र र ग्रहदेव केतु  छ । आज राहुकाल ३ः३१ देखि ३ः५० सम्म रहेको छ । अभिजित मुहूर्त ११ः३२ देखि १२ १४ सम्म रहेको छ । राहुकालमा शुभकाम नगर्नु भनिएको छ भने अभिजित मुहूर्तको समयमा शुभ काम गर्न सकिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापारव्यवसायबाट पनि लाभ मिल्नेछ ।  दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला । अनावश्यक सामान खरिद नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ । कुनै नयाँ अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । तपाईको आम्दानीको स्रोत बढ्ने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  आजको दिन  निकै शुभ छ । व्यापारव्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईँको गर्ने काममा सफलता मिल्नेछ । नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईँप्रति विरोध गर्नेले तपाईँलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा ससाना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नुहोला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको मित्रबाट तपाईलाई दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले तपाईँलाई उर्जा मिल्नेछ । हरेक एकादशीमा व्रत गर्दा फलदायी हुनेछ ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । चन्द्रमाको साथ रहेको छ तपाईँले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन त्यति अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ ।  आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा प्राप्त हुनेछ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। व्यापारव्यवसायमा तपाईँको आजको सफलता मिल्नेछ । आर्थिक कारोबार गर्दा तपाईले निकै सोच विचार पुर्याउनु होला ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  मकर राशिका जातकले हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापारव्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईँले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ । एकादशीको व्रत निकै फलदायी हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ५८ बजे