मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस कपिलवस्तु सभापतिमा कलाम विजयी: देउवा पक्ष कमजोर



नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार कलाम १०९ मतान्तरले विजयी भएका हुन् । कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए । कलाम वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन् ।

उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी भएका छन् भने सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी निर्वाचित भए । सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र वजिह असरद विजयी भएका छन् । देउवा पक्षबाट ६ जना जिल्ला सदस्य मात्र जयी भएका छन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ३७ बजे