मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस धनकुटा सभापतिमा राई विजयी, पदाधिकारीमा देउवा पक्षको वर्चस्व



नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन् ।  बुधबार बिहान सार्वजनिक मतपरीणामअनुसार राईले ५०४ मत प्राप्त गर्दा फागोले ४७० मत मात्रै पाए । उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझा ४३० मतसहित विजयी भएका छन् । डंगोल देउवा पक्षका हुन् भने ओझा पौडेल पक्षीय नेता हुन् ।

सचिवमा देउवा पक्षका विजय सन्तोषी राई ६२६ र जयन्द्र घिसिङ ४३९ मत प्राप्त गरी विजयी भए । सहसचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५१८ र गिरिजा दाहालले ४६६ मत प्राप्त गरेर विजयी भएका छन् ।  सदस्य र संघीय महाधिवेशन प्रतिनिधिका भएको मतदानको मतगणना जारी रहकाे र  बुधबार साँझसम्म नतिजा आउने निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : २३ बजे