२०७८ माघ १४ शुक्रबार

भगलु सदाको मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा शव

भगलु सदाको मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा शव


  • 81
    SHARES
    • न्यू सञ्चार
    • बुधबार, मंसिर १५ २०७८
    • काठमाडौँ

    चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँको नेताहरूसँग उनी  चितवन गएका थिए। भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ।

    महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए। ´दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले विराेध गरेपछि राेकियाे,’ उनका छिमेकीले भने ।

    पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् । वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

    बुधबार, मंसिर १५ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology