मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस महोत्तरी ३ को अधिवेशनमा झडप



नेपाली कांग्रेस महोत्तरी(३ को अधिवेशनमा झडप भएको छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो ।संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्दसत्रमा सहभागीहरूले बताएका छन् । महोत्तरी-३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीको कारण झडप भएको निधि निकट नेताहरूले आरोप लगाएका छन् । रागवेन्द्र झालाई सभापति बनाउने विवादले समस्या सिर्जना भएको हो, काङ्ग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने ।

पौडेल समूहले वडामा चुनावको तयारी हुँदै गर्दा फर्जी मतदाता ल्याएर निर्वाचन भाड्न खोजेको निधि निकट नेताहरूको आरोप छ, क्षेत्र नम्बर ३ का उपसभापति विजय साहले भने ।बन्दसत्रमा भएको झडपमा नेता रामु यादव सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ३५ बजे