मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावनाः उच्च पहाडी र हिमाली भेगमा हिमपात



नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जसकारण आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ । राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना छ । शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : २० बजे