मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै



नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ ।सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका छन् ।दुई मात्र उम्मेदवार भएकाले सभापतिको निर्वाचनमा अब एकै चरणमा नतिजा आउने भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : १९ बजे