मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांगे्रस कर्णालीको सभापतिमा तीन जनाको उम्मेदवारी, कस्ले मार्ला बाजी ?



नेपाली कांगे्रसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ललितजङ्ग शाही (जुम्ला), भुपेन्द्रजङ्ग शाही (कालीकोट) र मोतिराज बम (कालीकोट) ले सभापति पदमा उम्मेदवारी दिनुभएको हो ।

ललितजङ्ग संविधानसभाका सदस्य, भुपेन्द्रजङ्ग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुनुहुन्छ । निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिनुभयो । उपसभापति पदमा कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही, तिलकबहादुर भण्डारी, महामन्त्रीमा नीरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर वीसी, खगेन्द्रबहादुर मल्ल, गोविन्दबहादुर कोइरालाले उम्मेदवार दर्ता गर्नुभएको छ । सहमहामन्त्री पदमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्याय तथा महिलातर्फ रामछायाँकुमारी शाही र देविकाकुमारी साउद हुनुहुन्छ ।

कांगे्रसको विधानमा प्रदेश उपसभापति दुई, महामन्त्री दुई र महिला र पुरुषतर्फ एक÷एक सहमहामन्त्री हुने व्यवस्था छ । उक्त पदका लागि शनिबार १२ बजेदेखि पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ३३ बजे