मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस लुम्बिनी प्रदेश सभापतिका लागि दुई जनाको उम्मेदवारी



नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेतृत्वको लागि रोल्पाका अम्मरसिंह पुन र रूपन्देहीका भरतकुमार शाहको उम्मेदवारी परेको निर्वाचन अधिकृत बुद्धबहादुर थापाले जानकारी दिए ।

पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार हुन् भने शाह पार्टी सभापति शेरबहादुर देउवा समूह निकट मानिन्छन् । संघीयता कार्यान्वयनमा आएको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश सभापति चुन्न लागेको हो ।

अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू भएको छ । त्यसै गरी उपसभापतिमा राजु खनाल, सुधाकर पाण्डे, भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवारी परेको छ । खनाल र पाण्डे देउवा समूहका हुन् भने श्रेष्ठ र पाठक पौडेल निकट हुन् ।

त्यस्तै महामन्त्रीमा जन्मजय तिमल्सिना, खिमानसिंह रायमाझी, विक्रम खनाल, सुरेशराज आचार्य र ताराप्रसाद फुल्लेल गरी ५ जनाको उम्मेदवारी परेको छ । फुल्लेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । त्यसैगरी सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी, माया पुन, खगराज पाण्डे, विष्णु खनाल ‘मुस्कान’ र नीमा गिरीको उम्मेदवारी परेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ३४ बजे