मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको चुनाव आज: १ सय ९९ कार्यसमितिका लागि २ सय ६६ जनाको उम्मेदवारी



 

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन अन्तरगत आज नेतृत्व चयनका लागि चुनाव हुँदैछ । चुनावी तालिकाअनुसार हिजो उम्मेदवारी दर्ता सकिएको छ । आज हुने निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ । निर्वाचन ८ बजेदेखि सुरु हुनेछ । साँझ ५ बजेसम्म मतदान हुने मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।

अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् ।महामन्त्रीमा थापा प्यानलबाट कुन्ती शाही र लिङ्देन प्यानलमा परेकी नायिका रेखा थापाको प्रतिस्पर्धा चासोको विषय बनेको छ । महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ४५ बजे