मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती कांग्रेसको मतदान साँझदेखि बल्ल शुरु



हेटौंडामा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान प्रक्रिया ८ घण्टा ढिला गरी शुरु भएको छ । बिहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया साँझ ५ बजेदेखि मात्र शुरु भएको हो ।

उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको बुझिएको छ । हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकाले पनि मतदान शुरु हुन अबेर भएको हो ।

आफ्नो नाम छुटेपछि उम्मेदवारहरुले निर्वाचन समितिमाथि प्रश्न उठाएका थिए । बागमतीमा सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । कांग्रेस ण्ण्प्रदेश सभापतिका उम्मेदवार र्इन्द्र बानियाँले मतदान गरेका छन् ।

उनले मकवानपुर जिल्लाको बुथबाट मतदान गरेका हुन् । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ । मतदानका लागि ९ वटा बुथ बनाइएको छ । जसमा काठमाडौंका ३ वटा र अन्य जिल्लाको ६ वटा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : ०३ बजे