मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सुदूरपश्चिमको सकियो मतदान, १ हजार ३ मत खस्यो



नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनअन्तर्गत सुदूरपश्चिममा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । निर्वाचन अधिकृत वीरबहादुर जेठाराका अनुसार मतदानमा १ हजार ३ जना सहभागी भएका छन् ।

बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजेर २० मिनेटमा सकिएको निर्वाचन अधिकृत जेठाराले बताए । प्रदेश मतदानका लागि कूल १ हजार २३ जना प्रतिनिधि छनौट भएका थिए । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।

मतगणनाका लागि दुवै पक्षसँग छलफल गरेर अगाडी बढ्ने जेठाराले बताए । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि १ सय ७७ जनाले उम्मेदवारी दिएका थिए ।प्रदेश नेतृत्वका लागि संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर टिमसहित चुनावमा होमिएका छन् । यस्तै इतर पक्षबाट जिविस कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहति चुनाव होमिएका छन् ।

संस्थापन पक्षबाट प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह ९मनु० र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामकी अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

निर्वाचनबाट एक सभापति, दुई जना उपसभापति, एक महिलासहित तीन जना महामन्त्री चयन हुने छन् । यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुलागरी तीन जना, मुस्लिमबाट एक जना, अपाङ्गता भएका एक जना चयन गर्ने छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : १० बजे