मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी, घिमिरे दुई मतले हारे



नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल(कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् ।सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए । अन्य पदाधिकारीमा पनि संस्थापन पक्षको वर्चस्व छ ।

उपसभापतिमा रमेशजंग रायमाझी ९८९०० र टंक प्रसाद राई ९८४७० मतसहित विजयी भएका छन् ।त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई ९८२४० र रमेश थापा ९८०३० मत ल्याएर निर्वाचित भएका छन् । सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन् ।

सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छ्न् । उनले १ हजार २६ मत प्राप्त गरेका छ्न् । सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ५७ बजे