मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश-१ मा पुनः मतगणना गर्न गुरु घिमिरेले दिए निबेदन



नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदका उम्मेद्वार गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका छन् ।दुई मतले पराजित गुरु घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेले बताए ।

घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका छन् । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : २९ बजे