घिमिरेद्वारा पुनः मतगणना गर्न माग



नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा दुई मतले पराजित भएपछि गुरु घिमिरेले पुनः मतगणना गर्न माग गर्नु भएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर १ को अधिवेशनमा घिमिरे दुई मतले पराजित भएपछि निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गर्नु भएको हो ।

मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताउनुभयो । महामन्त्रीमा संस्थापनइतरका उमेश थापाबाहेक अरू पदाधिकारीमा संस्थापन पक्षका उमेदवार निर्वाचित भएका छन् । घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित हुनुभएको थियो । थापाले ८४४ र घिमिरेले ८४२ मत प्राप्त गर्नु भएको थियो ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ११ : ३४ बजे