मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि विश्व विद्यालयको उपकुलपतिमा डा: महतो नियुक्त



प्रदेश २ सरकारले कृषि विश्व विद्यालयको उपकुलपतिमा डा। वैधनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रदेश २ का नीति आयोगका पूर्व सदस्य तथा सिरहा मिर्चैया नगरपालिका(२ का डा। महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको लागि मुख्यमन्त्री राउतले उनलाई नियुक्त गरेको बताएका छन् । सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा उक्त विश्व विद्यायका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले महतोलाई नियुक्त गरेका हुन् । केही दिनअघि प्रदेश सरकारले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालय र विरगंज प्राविधिक विश्व विद्यालय खोल्ने गरी अध्यादेश ल्याएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : २३ बजे