मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला



पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन् । पदचिन्ह फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ । राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् । डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन् ।

‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,ु पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : २३ बजे