मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु



सिरहाको गोलबजार नगरपालिका–६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने एक जना भाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार– ६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुई समूहबीच झडप भएको र घटनाबारे थप अनुशन्धान भइरहेको जनाएको छ । प्रहरीले घटनामा संलग्नहरूको खोजी गरी रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : ५८ बजे