काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३।६ डिग्रीसेल्सियस मापन गरिएको छ । आइतबारको भन्दा ०।६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएको हो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७।४ डिग्रीसेल्सियस मापन भएको थियो ।
अधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनत तापक्रममा हल्का सुधार आएको छ, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन्, यसको अर्थ अब तापक्रम घट्दैन भन्ने होइन । हिउँद गहिरिदै जाँदा चिसो अझ बढ्छ ।काठमाडौंमा मंसिर दोस्रो सातादेखि चिसो बढ्न थालेको हो । देशभर चिसो बढेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।
तराईमा हुस्सुरकुहिरो लाग्ने गरेको छ ।महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ । मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।










