शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि झन्डै दुई हजार पाँच सय शिक्षक माग गरेको छ । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो ।
आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, शुक्लयर्वेद, गणित–विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा, संस्कृत कर्मकाण्ड शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ । माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ ।
यस्तै दोब्बर दस्तुर बुझाएर माघ १३ गतेसम्म आवेदन दिन सकिन्छ । आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्।