सिरहामा सिके राउतका कार्यकर्ताद्वारा गाडी तोडफोड



सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा निजी गाडी तोडफोड गरेको छ। आइतबार सिरहा बन्द घोषणा गरेको जनमत पार्टीका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका हुन्। उनिहरुले मिर्चैयामा गुडिरहेका सवारी साधनको सिसा फुटाएका छन्।

सिरहाको औरहीमा अनुदानमा आएको गहुँ वितरणमा अनियमितता भएको भन्दै हड्ताल गरिएको उक्त पार्टीले जनाएको छ।अनुदानको गहुँ वितरणमा विवाद हुँदा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकालाई रिहा गर्न माग गरिएको छ।

प्रकाशित मिति : पुस ११, २०७८ आईतबार  १२ : ०० बजे