मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 माओवादी केन्द्रको ८ औं महाधिवेशनको रौनक (तस्विर सहित)



माओवादी केन्द्रको ८ औं महाधिवेशनको दिउँसो ३ बजे उद्घाटन हुँदैछ ।

महाधिवेशनमा १६ सय ३१ प्रतिनिधिहरु सहभागी हुनेछन् ।प्रतिनिधिहरु आउने क्रमसँगै प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ ।

महाधिवेशनलाई ख्याल गर्दै त्यहाँको सुरक्षा पनि निकै बढाइएको छ ।

 

अधिवेशनमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।

प्रधानमन्त्री पनि सहभागी हुने भएपछि महाधिवेशनको सुरक्षा योजना परिवर्तन गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १ : ५७ बजे