आज काठमाडौं उपत्यका र तराईमा हुस्सुः दिउँसो आंशिक बदली हुने



हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन । सोमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो भने देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : पुस १९, २०७८ सोमबार  ८ : १४ बजे