मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोबाइल कलको शुल्क माघ १ बाट घट्दै



माघ १ गते देखि मोबाइल कल शुल्क घट्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने गरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ यही माघ १ गते देखि लागु हुँदै छ । निर्देशिका लागू भएसँगै सेवा प्रदायकले हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तोमा सेवा उपलब्ध गराउनु पर्नेछ ।

यो विषय गएको कात्तिक २९ गते बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको थियो । तत्कालको लागि आन्तरिक कलमा मात्रै यो व्यवस्था लागू हुने गरी गरिएको यो व्यवस्थाले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्कलाई कम गर्नेछ ।

हाल एउटा नेटवर्कबाट अर्को नेटवर्कमा उदाहरणका लागि एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा अन्तरआवद्धता शुल्कबापत प्रति मिनेट ५४ पैसा थप लिँदै आएका छन् । निर्देशिकाले त्यसमा परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा १० पैसा कायम गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : ०१ बजे