संकटा र सातदोबाटोको १-१ गोलको बराबरी



सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार भएको खेलमा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले बनाएको थियो ।खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गरेको बल सुशीललाई लाग्दै गोल भएको थियो ।

तर, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।दिपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।यस बराबरीसँगै संकटाले ८ खेलमा १४ अंक जोडेको छ । संकटा लिगको तेस्रो स्थानमा रहेको छ ।सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  ३ : १० बजे