मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले दाङ अध्यक्षमा हुकुमबहादुर बस्नेत



नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । पार्टी विभाजनपछि अध्यक्षको जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन् । तुलसीपुर उपमहानगरपालिका -१२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए । उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भए । तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : ३७ बजे