मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिबेशनमा नआएको प्रमुख राजनितिक दलहरुको बिचार र कार्यक्रम कहिले आउछ ?



बितेको डेढ महिनाभित्रमा देशका प्रमुख राष्ट्रिय राजनितिक दलको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।प्रमुख राष्ट्रिय राजनितिक दलहरु एमाले, कांग्रेस र माओवादीको राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न भएको छ ।

तीनवटै दलका महाधिवेशनले देशैभरी राम्रै चर्चा पाए भने सामाजिक सञ्जाल र सबै राष्ट्रीय र क्षेत्रीय सञ्चारमाध्यमको प्रमुख समाचार बने । ति दलका महाधिबेशनले तीनका कार्यकर्तालाई राम्रै चलायमान बनायो,तर महाधिबेशनमा चलायमान भएका नेता कार्यकर्ताहरु कुनै नबिन बिचार्, निश्चित कार्यक्रम र राष्ट्र निर्माणको अठोट बिनानै महाधिबेशनबाट फर्किए ।लामो समयदेखी पालैपालो सत्ता चलाएका र भबिष्यमा पनि सत्तामा रहने अवस्था सुनिश्चित भएका राष्ट्रीय राजनितिक दलहरुले राजनितिसँग बढेको जनताको निराशा र असन्तुष्टी घटाउदै समाजलाई तरङ्गित बनाउने कुनै बिषय ,बिचार र कार्यक्रममाथी छलफलै नगरि महाधिबेशन सकाउनु दलहरुबाट देशको अवस्था परिवर्तनको अपेक्षा राख्ने नागरिकहरुका लागी निश्चयनै दुखद बिषय हो ।

तीनवटा राजनितिक दलको यसपटकको महाधिबेशनलाई हेर्दा अरु त परै जावस आफ्नै पार्टिले उठाउदै आएका राजनितिक बिचार र सङ्गठन सञ्चालनका बारेमा समेत छलफल गरेनन ।कुनै नितिगत छलफलले प्रबेश्नै पाएनन । नेकपा माओवादी केन्द्रले सिद्धान्त र विचारमा बहस गरेको भनिए पनि असफल सिद्द भइसकेको माओबादी जडशास्त्रको पुनब्याख्याको प्रयासबाहेक जनताले खोजेको र देशलाई अग्रगतितिर लैजाने केहि कुराको त्यान्द्रो समेत त्यसमा भेटिएन ।

देश र राजनितिका अघाडी समस्याहरुको चाङ छ ।कोरोना महामारिको त्रास कायम छ । महामारिले थिलो थिलो पारेको अर्थतन्त्र र नागरिक जिबनलाई सहज बनाउनु छ ।दलहरुको महाधिबेशन चलिरहदा अर्थतन्त्रले तरलताको सङ्कट झेलिरहेको थियो ।उत्पादन र निर्यातमा आधारित दिगो अर्थतन्त्र छैन ।बेरोजगारी समस्या जस्ताको तस्तै छ ।देशको सुसाशनको अवस्था दयनिय छ । सरकारी बजेट खर्च हुन सक्दैन । सरकारी निकायहरु झन- झन  भुत्ते  हुँदैछन ।यस्ता अनेकन समस्याहरु देश सामु छन ।

समस्या र समय सान्दर्भिक आवश्यकता बढ्नु स्वभाबिक कुरा हुन ।समस्याबाट मुक्त हुन सकिदैन तर समस्याहरुको पहिचान र समाधानतर्फ अग्रसर नहुनु चाही दुखद कुरा हो । दलहरुको महाधिबेशनबाट थपिदै गएका चुनौती र समस्याहरुको समाधान गर्दै देशलाई अग्रगतितिर डोर्याउने बिचार र कार्यक्रम खोजेका नागरिकहरुको अपेक्षा फगत अपेक्षा मात्रै भएको छ ।महाधिबेशनमा आउने सान्दर्भिक निती बिचार र कार्यक्रममाथिको छलफलले दलहरुको ठुलो कार्यकर्ता समुहलाई बिचार र देशको अवस्था परिवर्तनप्रती जागरुक बनाउने एउटा अबसर थियो, त्यो सकिएको छ ।एक त महाधिबेशनमा सार्थक बिचारले प्रबेश नपाएर नेतृत्व चयनमा मात्र केन्द्रीत भयो त्यसमा पनि एमाले र माओवादीको नेतृत्व चयन प्रक्रिया पनि अपारदर्शी, षड्यन्त्रकारी र व्यक्तिगत निर्णयका अधारमा भयो जसले गर्दा ति दलप्रतिको  उत्साह र आशा पनि जनतामाझ शुन्यमा झारेको देखिन्छ ।

दलहरुलाई जती दोषि देखाएपनी देश चलाउने फेरी पनि यिनै दलहरुले नै हो, त्यसैले दलहरुलाई फेरी पनि देशलाई अग्रगतीतिर हिडाउनेतर्फ केन्द्रीत हुन सचेत गराउनुको बिकल्प छैन । दलिय ब्यबस्थामा दलहरु ब्यबस्थित नभइ समाज ब्यबस्थित हुन सक्दैन ।दलहरु सफल नभई देश सफल हुन सक्दैन यो हाम्रो देशमा पनि प्रमाणित भएकै छ ।दलहरुको महाधिबेशनले उल्लेख्य सन्देश नदिएपनी केहि आशा जगाएकै छन । तुलनात्मक रुपमा नेपाली कांग्रेसले नेतृत्व चयन प्रक्रियालाई लोकतान्त्रिक र पारदर्शी बनाएर ब्यबस्थित र संस्थागत अभ्यासलाई निरन्तरता दिएको छ ।परिवर्तनको मुदा बोकेको नयाँ पुस्ता नेतृत्वमा आइपुग्दा त्यसले आममानिसमा नयाँ आकर्षण र आशा जगाएको छ ।प्राप्त उपलब्धिमाथी टेकेर देशलाई अग्रगमन र अवस्था परिवर्तनतिर हिडाउने दायित्व दलहरुकै हो ।त्यसका लागी नागरिकहरुले पनि सकारात्मक सहयोग र खबरदारी गर्नुपर्छ ।

 

 

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ३ : २१ बजे