प्रदेश २ को राजधानी नामकरणका लागि मतदान हुने



प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार  १ : ४५ बजे