२०७८ माघ १४ शुक्रबार

हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट


  • 54
    SHARES
    • न्यू सञ्चार
    • बिहिबार, पौस २९ २०७८
    • काठमाडौँ

    नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई नाै रनले पराजित गरेको छ ।हुरिकेन्सको जितमा सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।

    बिहीवार मेलवर्न स्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाईलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो ।

    जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्दै २४ अंकसहित चौथो स्थानमा छ । हुरिकेन्सले आगामी खेलमा मेलवर्न रिनेगाडेससँग खेल्दै छ ।

    बिहिबार, पौस २९ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology