प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण



प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।

‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भने ।

आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  १२ : ४० बजे