मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने



डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टिभी शुभारम्भ गरेका हुन् ।

डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्ट टिभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक भएको भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए । उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए ।

पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला नेपालमा फरक प्ल्याटफर्मबाट दर्शकलाई मनोरन्जन दिन लागेको डिशहोमले जनाएको छ । डिशहोमको च्यानल नं. ९२८ मा सर्ट मुभी हेर्न सकिने छ । यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किस, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट मुभी पुर्याउनसमेत सहयोग पुग्ने आशा लिएको डिशहोमले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ४० बजे