मौरिसस र नेपालको फुटबल हेर्न एक हजार र ५०० को टिकट



अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ ।

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ ।

दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार  ५ : ३० बजे